Uttari Gorkha Attharasaya Khola Tamu Samaj Kathmandu

हाम्रो बारेमा

गोर्खा जिल्लाको उत्तरी भेगबाट काठमाडौं उपत्यकामा विभिन्न पेशा र व्यवसाय गरी बसोबास गर्दै आउनु भएका सम्पूर्ण उत्तरी गोर्खाका तमु (गुरुङ) हरूलाई समेटेर गुरुङ जातिहरूको संस्कार, संस्कृति, भाषा, भेषभूषालाई संरक्षण र सम्बर्द्धन गरी अनुशासित बनाउँदै सामाजिक स्तरमा वृद्धि गरी देश र समाजको विकासमा समेत टेवा पुर्‍याउने मनसाय लिई छरिएर रहेका गुरुङ समुदायहरूलाई एकजुट गराई अवसर प्रदान गर्ने उद्देश्यले उत्तरी गोर्खा अठारसय खोला तमु समाज, काठमाडौं (NORTH GORKHA ATHARASAYA KHOLA TAMU SOCIETY, KATHMANDU) गठन गरिएको छ।

हाम्रो पदाधिकारीहरु

धन बहादुर गुरुङ

अध्यक्ष

धन बहादुर गुरुङ

माया गुरुङ

उपाध्यक्ष

माया गुरुङ

सुरेश गुरुङ

सचिव

सुरेश गुरुङ

डिलु गुरुङ

कोषाध्यक्ष

डिलु गुरुङ

हाम्रो उद्देश्यहरू

  • यो समाज मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ।
  • उत्तरी गोर्खाका गुरुङहरूको भाषा, भेषभूषा, परम्परा, संस्कृति र संस्कारको सम्बर्द्धन र संरक्षण गर्ने गराउने।
  • उत्तरी गोर्खा स्थायी बसोबास भई हाल काठमाडौंमा विभिन्न पेशा व्यवसायमा संलग्न भई बसोबास गरेका परिवारहरूमा जन्म, छेवर, विवाह र मृत्यु जस्ता कार्यहरूमा एक्यबद्धता गर्ने गराउने।
  • नेपालीहरूको विभिन्न चाडपर्व वा विभिन्न सामाजिक कार्यक्रमहरूमा उत्तरी गोर्खाको पहिचान झल्किने सांस्कृतिक झाँकीहरू प्रदर्शनमा सहजीकरण गरी व्यवस्थापन गर्ने गराउने।
  • समाजभित्रका तमुहरूलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गराउने खालका कार्यक्रमहरू सञ्चालन गर्ने।
अध्यक्ष, धन बहादुर गुरुङ

नेतृत्वको सन्देश

अध्यक्ष, धन बहादुर गुरुङ

उत्तरी गोर्खा अठारसय खोला तमु समाज, काठमाडौं केवल एउटा संस्था होइन, यो उत्तरी गोर्खाबाट काठमाडौं उपत्यकामा आई बसोबास गर्दै आउनुभएका हामी सम्पूर्ण तमु (गुरुङ) हरूको साझा घर, साझा पहिचान र आपसी सम्बन्धको एउटा सुन्दर माध्यम हो।

जन्मभूमिबाट टाढा रहेर हामी विभिन्न पेशा, व्यवसाय र जिम्मेवारीमा व्यस्त छौं। जीवनका आ-आफ्नै संघर्ष र व्यस्तताका बीच कहिलेकाहीँ आफ्ना मानिसहरू, आफ्नो गाउँ, आफ्नो भाषा, संस्कार र संस्कृति सम्झिंदा हामीलाई एउटा आफ्नोपनको आवश्यकता महसुस हुन्छ।

हाम्रो कार्यक्रमहरु

समाजले गरेको विविध कार्यक्रमहरू अन्वेषण गर्नुहोस्।

प्रथम वार्षिक साधारण सभा
नयाँ वर्ष कार्यक्रम २०८३
तिहार देउसी भैली कार्यक्रम २०८२

हाम्रो प्रकाशनहरु

समाजका महत्वपूर्ण प्रकाशनहरू र सामग्रीहरू हेर्नुहोस्।

प्रथम वार्षिक साधारण सभा प्रतिवेदन

सुचना/समाचार

समाजका महत्वपूर्ण जानकारी तथा समाचारहरू यहाँ प्राप्त गर्नुहोस्।

वार्षिक साधारण सभा मिति २०८३ भदौ २८ गते, आइतबारका दिन सामाकुशी स्काई ब्याङ्क्वेटमा दिउँसो ११:३० बजे हुने

प्रथम वार्षिक साधारण सभा प्रथम तयारी बैठक सम्पन्न

स्वर्गीय "मेस बहादुर घले" को पुण्यतिथिको अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण

वनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रम २०८३ सम्पन्न

प्रतिष्ठान स्थापना भएको २५ वर्षको अवसरमा आदिबासी ज्ञान सम्मेलन आयोजना

२०८२ तिहार देउसी भैली कार्यक्रम सम्पन्न

थप जानकारी

बारम्बार सोधिने प्रश्नहरू

सदस्य बन्नको लागि तपाईंले हाम्रो अनलाइन फारम "सदस्य दर्ता फारम" भर्नुपर्ने हुन्छ। फारम भरेपछि, तपाईंले दिनुभएको सम्पर्क नम्बरमा हाम्रो सदस्यले WhatsApp अथवा कल गरेर सदस्यताको प्रक्रिया अगाडि बढाउनेछन्।

काठमाडौँमा बसोबास गर्ने उत्तरी गोरखाका गुरुङहरू यस समाजमा जोडिन सक्नुहुन्छ।

रु १०० प्रति महिना मात्र

साधारण सदस्यहरूलाई हाम्रो फेसबुकको निजी ग्रुप अथवा साधारण सदस्यहरूको लागि मात्रै बनाइएको WhatsApp ग्रुप मार्फत समाजको गतिविधि सम्बन्धी सबै जानकारी पाउनेछन्।

यसको लागि हाम्रो वेबसाइट www.ugak.org.np/contact को "सम्पर्क" पेजमा जानुहोस्।

हाम्रो समाजमा जोडिनुहोस्, उत्तरी गोर्खा तमू (गुरुङ) भाषा, संस्कृति र परम्परालाई संरक्षण गर्न मदद गर्नुहोस्।

सम्पर्क